निर्वाचनअघि नै सिमाना हेरफेर गर्न स्थानीय तहको माग – Nepal Press

निर्वाचनअघि नै सिमाना हेरफेर गर्न स्थानीय तहको माग

काठमाडौं । स्थानीय तहका संख्या र सिमाना हेरफेरका काम निर्वाचन भन्दा एक वर्षअघि नै गरिसक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नालाई गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले संयुक्त रुपमा ध्यानाकर्षण गराएका छन् ।

स्थानीय तहको  निर्वाचन अवधि सकिन एक वर्ष मात्र बाँकी रहेकाले तत्काल कारबाही अगाडि बढाउन मन्त्रीलाई पत्रमार्फत् गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठले संयुक्त रुपमा ध्यानाकर्षण गराएका हुन् ।

स्थानीय तहको संख्या र सिमाना तथा वडाको संख्या र सिमाना हेरफेर गर्नुपर्ने भएमा गाउँपालिका तथा नगरपालिकाको निर्वाचन हुने मितिभन्दा कम्तिमा एक वर्ष अगावै गर्नुपर्ने व्यवस्था कानुनमा उल्लेख छ ।

अहिले पुर्नसंरचना गरिएको कतिपय स्थानीय सरकारको वडा संख्या तथा विभाजन, वडाको सिमाना हेरफेर गर्न प्रस्ताव समेत आएको र कतिपय स्थानीय सरकार एकापसमा गाभिने प्रकृयामा जान इच्छुक रहेको समेत पत्रमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर