बराबरीमा रोकिँदा शीर्ष चारमा पुग्नबाट चुक्यो लिभरपुल – Nepal Press

बराबरीमा रोकिँदा शीर्ष चारमा पुग्नबाट चुक्यो लिभरपुल

एजेन्सी । लिड्स युनाइटेडसँग १–१ गोलको बराबरी खेलेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा उक्लिने अवसर गुमाएको छ ।

युरोपका शीर्ष क्लबहरुबीच युरोपियन सुपर लिग आयोजनाको घोषणासँगै समर्थकहरुबाट समेत चर्को विरोध भइरहेका बेला लिभरपुलले लीड्ससँग उसकै मैदानमा बराबरी खेलको हो । लिभरपुल पनि सुपरलिगमा सहभागिता निश्चित गरेको क्लब हो ।

साडियो मानेले ३१ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाए पनि डिएगो लोरेन्टेले घरेलु टोलीका लागि ८७ औं मिनेटमा बराबरी गोल फर्काउँदै हार टारेका हुन् ।

अंकतालिकाको मध्यतिर रहेको लिड्सको ३२ खेलबाट ४६ अंक भएको छ । समान खेलबाट ५३ अंकसहित लिभरपुल छैटौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *