इजरायली सेनाले मानव अधिकार हनन गरेको अमेरिकी भनाइ, सैन्य सहयोग भने नरोकिने – Nepal Press

इजरायली सेनाले मानव अधिकार हनन गरेको अमेरिकी भनाइ, सैन्य सहयोग भने नरोकिने

काठमाडौं । इजरायली सेनाले गाजाको युद्धमा मानव अधिकार हनन गरेको अमेरिकाले बताएको छ ।

अमेरिकाले सोमबार यस्तो आरोप लाएको हो । यो अमेरिकाले इजरायललाई लाएको यस खालको प्रथम आरोप हो ।

इजरायली सेनाले गाजा युद्धमा भन्दा अगाडि मानव अधिकार हनन गर्नमा पाँच सुरक्षा दस्ताले मानव अधिकार हनन गरेको बताएको छ ।

रुसी विश्व च्यानल आरटीका अनुसार मानव अधिकार हनन भएता पनि अमेरिकी सैन्य सहयोग भने नरोकिने भएको हो ।

सामान्यतया मानव अधिकार हनन गर्ने सेनालाई सैन्य सहयोग नगर्ने अमेरिकी दाबी हुँदै आएको हुन्छ । तर, इजरायलको कट्टर समर्थक अमेरिकाले इजरायलमा भने यो मुद्दामा अडिगपना कायम गरेको छैन भनेर विश्वभर आलोचना हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर