रियलसँग दुरी घटाउँदै बार्सिलोना – Nepal Press

रियलसँग दुरी घटाउँदै बार्सिलोना

काठमाडौं । स्पेनिस ला लिगामा सोमबार राति भलेन्सियासँग जित निकालेसँगै बार्सिलोनाले पहिलो स्थानको रियल म्याड्रिडसँगको अंक दुरी केही कम गरेको छ ।

बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै बार्सिलोनाले भलेन्सियालाई ४–२ ले पराजित गरेपछि ला लिगामा दोश्रो स्थानमा उक्लिएको छ ।

खेलको २२ औं मिनेटमा फोर्मोन लोपेजको गोलबाट १–० को अग्रता कायम गरेको बार्सिलोनाविरुद्ध खेलको २७ औं मिनेटमा भेलिन्सियाका हुगो डुरोले गोल गर्दै टिमलाइ बराबरीमा ल्याएका थिए ।

खेलको ३८ औं‌ मिनेटमा पेपेलुले गोल गरेपछि पहिलो हाफमा भ्यालेन्सियाले २–१ को अग्रता लिएको थियो।

पहिलो हाफको अग्रतालाइ दोश्रो हाफमा भेलेन्सियाले कायम गर्न सकेन । दोश्रो हाफको ४९ औं मिनेटमा लेवान्डोस्कीले बराबरी गोल गरे। त्यसपछी ८२ औं र इन्ज्युरी समयको खेलको तेस्रो मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरेपछि बार्सिलोना बिजयी बन्यो ।

जितपछि बार्सिलोना ३३ खेलमा टोलीको ७३ अंकसहित दोस्रो स्थानमा उक्लदा ३३ खेलबाटै रियल म्याड्रिड ८४ अंक सहित पहिलो स्थानमा छ । ३३ खेल खेलेको जेरोना ७१ अंक सहित तेश्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *