खगराजलाई सघाउन राप्रपाको ‘ग्रिन सिग्नल’ – Nepal Press

खगराजलाई सघाउन राप्रपाको ‘ग्रिन सिग्नल’

राप्रपा गण्डकी अध्यक्ष पञ्चराम भन्छन्- सत्ता गठबन्धनलाई साथ नदिने कुरा केन्द्रमा मात्र हो

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई सघाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सकारात्मक देखिएको छ ।

मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले सोमबार खारेज गरिदिएपछि राप्रपा सरकारलाई सघाउन सकारात्मक भएको हो ।

सरकारलाई सघाउने विषयमा छलफल गर्न राप्रपा गण्डकी संसदीय दलका नेता पन्चराम गुरुङ काठमाडौं जाँदै छन् ।

‘अहिलेसम्म कसलाई सघाउने भन्ने निर्णय भएको छैन । यो विषयमा छलफल गर्न काठमाडौँ जान लागेको छु । उडान नहुँदा अहिले पोखरामै छ । बैठकले जे निर्णय लिन्छ सोहीअनुसार अगाडि बढ्छौँ,’ उनले भने ।

यसअघि राप्रपाले हालको गठबन्धनलाई नसघाउने बताउँदै आएको थियो । राप्रपा गण्डकी अध्यक्षसमेत रहेका गुरुङले त्यो निर्णय प्रदेशका लागी नभएको दाबी गर्छन् ।

‘सत्ता गठबन्धनलाई साथ नदिने कुरा केन्द्रमा मात्र हो, प्रदेशका लागि होइन,’ उनले भने, ‘अब बैठकमा छलफलपछि निर्णय हुन्छ ।’

२ सिट रहेको राप्रपाले साथ दिए अधिकारी नेतृत्वको सरकारलाई बहुमत पुग्नेछ । मुख्यमन्त्री अधिकारीलाई एमाले २२, माओवादी ८ (सभामुखसहित) र राजीव गुरुङ (दीपक मनाङे) को समर्थन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर