निष्कासनको दबाब आएपनि रोकिएन अमेरिकाको कोलम्बिया विश्वविद्यालयको प्रदर्शन – Nepal Press

निष्कासनको दबाब आएपनि रोकिएन अमेरिकाको कोलम्बिया विश्वविद्यालयको प्रदर्शन

काठमाडौं । प्रदर्शनीमा उत्रेका विद्यार्थीहरूलाई निष्कासन गर्ने दबाब आएपनिअमेरिकाको विश्वविद्यालयको प्रदर्शन रोकिएको छैन ।

अमेरिकाको न्यू योर्क सिटीको कोलम्बिया विश्वविद्यालयमा दुई हप्ताबाट जारी प्रदर्शनलाई सोमबार भित्र नरोकिएमा निष्कासन गर्ने विश्वविद्यालय प्रशासनले दबाब दिएको थियो । दबाबले पनि प्रदर्शन नरोकिएको बिबिसीले उल्लेख गरेको छ ।

बीबीसीका अनुसार प्रशासनले दिएको समय सीमाको म्याद सकिएपछि प्रदर्शन जारी छ । अमेरिकाको टेक्सासमा रहेको टेक्सास विश्वविद्यालयमा पनि प्रदर्शन जारी छ । प्रहरीले दर्जनौँलाई पक्राउ परेको छ ।

इजरायलले गाजामा गरेको नरशंहरको विरोधमा अमेरिकी विश्वविद्यालयका विद्यार्थीहरू पछिल्लो हप्तामा सडकमा उत्रिएका छन् ।

उनीहरूलाई अमेरिकी प्रहरी तथा विश्वविद्यालय प्रशासनले दबाइरहेका छन् । कतिपय पक्राउ परेका छन् भने कतिपय निष्कासनमा परेका छन् । तर, इजरायललाई समर्थन गर्न हुँदैन भन्दै भएका प्रदर्शनहरू रोकिएका छैनन् ।

युरोप तथा अमेरिकी मिडियामा कम समाचार बनाइएका ती प्रदर्शनको समाचार कतारी विश्व च्यानल अलजजिराले भने व्यापक कभर गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर