बारा मालपोत प्रमुख र लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता – Nepal Press

बारा मालपोत प्रमुख र लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । मालपोत कार्यालय बाराका नासु र एक लेखापढी व्यवसायीविरुद्ध ६ लाख बिगो र कैद सजायको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

मालपोत प्रमुखसमेत रहेका मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन अनुसार सजाय मागदाबी गर्दै मुद्दा दर्ता गरेको हो ।

श्रम विभागबाट रोक्का रहेको जग्गा फुकुवा गरिदिने भन्दै सेवाग्राहीसँग ६ लाख रकम लिएको अवस्थामा उनीहरूलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर