लेस्टरसँग हारेपछि लिभरपुलका प्रशिक्षकले भने- उपाधि रक्षाको सम्भावना सकियो – Nepal Press

लेस्टरसँग हारेपछि लिभरपुलका प्रशिक्षकले भने- उपाधि रक्षाको सम्भावना सकियो

एजेन्सी । लेस्टर सिटीसँग उसकै मैदानमा अन्तिम समयमा चुक्दै प्रिमियर लिगको पछिल्ला सात खेलमा पाँचौं हार ब्यहोरेको लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले प्रिमियर उपाधि रक्षाको सम्भावना सकिएको बताएका छन् ।

खेलमा नियमित समय सकिनु १२ मिनेटअघिसम्म लिभरपुल १–० ले अगाडि थियो । लगातारको केहि गल्तीका कारण खेल सकिँदा उनीहरु ३–१ ले पराजित भए ।

लिभरपुल अंकतालिकाको चौथो स्थानमा छ । एक खेल कम खेलेको शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १३ अंकले पछाडि छ । जितपछि लेस्टर दोस्रो स्थानमा उक्लिएको छ । लेस्टरले पनि लिभरपुललाई ६ अंकले पछि छोडेको छ ।

मलाई लाग्दैन कि हामीले यो अन्तरलाई कम गर्न सक्छौं । तर हामी उपाधि रक्षा गर्न सकेनौं भनेर दुखी चाहिँ छैनौं, हामी मुर्ख छैनौं,’ लिभरपुलको पछिल्लो अवस्था र उपाधि रक्षाको सम्भावनाबारे प्रशिक्षक क्लोपले भने ।

उनको टोली गत सिजन यही स्थितिको तुलनामा २४ अंकले पछाडि छ । रक्षापंक्तिमा चोटको समस्या लिभरपुलको खराव समयको कारक हो ।

लिभरपु्लले सबैैभन्दा महत्वपूर्ण सेन्टरब्याक भिर्गिल भान डाइकाई अक्टोबरमा ठूलो इन्जूरीका कारण गुमाया । त्यसयत जोय गोमेज र जोयल माटिप पनि चोटका कारण टिमबाट खेल्न नसक्ने भए ।जसको कारण जनवरी ट्रान्सफरमा लिभरपुलले खेलाडी किन्नुपर्ने भयो । दुईजना डिफेण्डर अनुबन्ध पनि भएका थिए ।

तीमध्ये एक थिए टर्कीका ओजान काबाक । जसलाई शाल्केबाट लोनमा ल्याइएको थियो । उनैले लेस्टरबिरुद्धको खेलमा डेब्यू गरे । लिभरपुलले सन्टर ब्याकका रुपमा यो सिजन खेलाएको उनी १७ औं खेलाडी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *