‘अर्थर गन’ नेपाल आउँदै – Nepal Press

‘अर्थर गन’ नेपाल आउँदै

काठमाडौं । प्रख्यात गायन रियालिटी शो ‘अमेरिकन आइडल’ फाइनलिस्ट बन्न सफल प्रथम नेपाली युवा दिवेश पोख्रेल उर्फ ‘अर्थर गन’ सांगितिक प्रस्तुतीका लागि नेपाल आउने भएका छन् ।

अमेरिकन आइडलको १८ औं सिजनका उपविजेता रहेका दिवेश १९ औँ सिजनमा पनि टप सेभेन सम्म पुग्न सफल भएका थिए । कोरोना भाइरसका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएको भन्दै १८औँ सिजनका दश प्रतिस्प्रर्धीलाई अमेरिकन आइडल दोस्रो मौका दिएको थियो जसमा उनी टप सेभेनसम्म पुगेका थिए ।

दर्शक र निर्णयाक दुवैबाट राम्रो प्रतिकृया पाएका दिवेशको ‘टेक मी होम कन्ट्री रोड’, रिमेम्बर मी लगायतका बोलका गीतको प्रस्तुती अत्याधिक चर्चित भएको थियो ।

अर्थरले सामाजिक संजाल फेसबुकमार्फत सांगितिक प्रस्तुतीको लागि आफूहरु नेपाल आउन लागेको जानाकारी गराएका हुन् । ‘लामो प्रतिक्षा पश्चात म सांगितिक प्रस्तुतीको लागि नेपाल आउन लागेको छु , आफ्नो जन्मभुमीमा आएर तपाईंहरु समक्ष आफ्नो प्रस्तुती दिनको लागि म अत्यन्तै उत्साहित छु’ उनले भनेका छन् ।

हालसम्म उनले कुन–कुन ठाउँमा प्रस्तुती दिदै छन् भन्ने भने खुलाइएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *