संकेत अगस्तीको गीत ‘गन्तव्य खोज्दै’ सार्वजनिक – Nepal Press

संकेत अगस्तीको गीत ‘गन्तव्य खोज्दै’ सार्वजनिक

काठमाडौँ। आफ्ना हरेक भिडियोमा मनछुने कथावस्तु र मीठो सन्देश दिँदै आएका निर्देशक संकेत अगस्तीले दर्शकमाँझ पुन एकपटक नयाँ कोसली पस्केका छन। उनले संगीत भरेको नयाँ गीत ‘गन्तव्य खोज्दै’ सार्वजनिक भएको छ। श्रम शोषण र नेपाली युवाको वास्तविकता देखाउन खोजिएको गीतको भिडियो साइराम पिक्चर्सबाट सार्वजनिक गरिएको हो।

सुनिता ढुंगेल र अगस्ती क्रियेसनको निर्माणमा बनेको यो म्युजिक भिडियोले सहरमा कमाउने गन्तव्य खोज्दै हिँडेको पात्रलाई प्रस्तुत गरेको छ जो दुख गर्दा गर्दै अन्तिममा ज्यान गुमाएर आफ्नो परिवारलाई रुवाएर गएका छन्। त्यस्तै, कति युवाहरु विदेशमा कमाउन जाँदा कोहि बाकसमा फर्किएका त कतिले दुख पाएका छन् । त्यसैले भिडियोले यस्ता घटना फेरि नदोहिरियोस् भन्ने सन्देश दिन खोजेको टीमको भनाइ छ।

घरको विषम परिस्थिति र ऋणको पिरले सहरमा पैसा कमाउन गएका युवा र विदेश जाने रहर बोकेर आफ्नो इहलिला सहरमै समाप्त गरेको दुखद् कथावस्तुमा म्युजिक भिडियो छायांकन गरिएको छ। कमल सिंह, मिशेल घिमिरे र झलकमान अधिकारीसँगै सहायक पात्र विनय ढुंगेल, रामकुमार ढुंगेल, बलबहादुर नेपाली र सुरेश राइको अभिनयले यो म्युजिक भिडियोको कथालाइ थप पूर्णता दिएको छ।

गायनमा भने गायक श्रेय अगस्तीलाई बाबुल गिरीले पनि साथ दिएका छन् । गीतमा साक्षी श्रेयको शब्द रचना, बाबुल गिरीको संगीत संयोजन, रन्जन राइको रेकर्डिङ र विशाल निरौलाको मिक्सिङ मास्टरिङ रहेको छ। गीतको कथावस्तु साक्षी श्रेयकै छ भने शृङ्गारमा शर्मिला सुनुवार, छायांकनमा करण चैसिर, क्रियेटिभ निर्देशनमा खेमनाथ खनाल र सम्पादनमा टेकेन्द्र शाह रहेका छन्।

 


प्रतिक्रिया

One thought on “संकेत अगस्तीको गीत ‘गन्तव्य खोज्दै’ सार्वजनिक

  1. माथी खबरमा भनिएकै गीतको अन्तर्य रहेको हुनाले शब्द, स्वर, संगीत र अभिनयले, आजको समाजले भोग्दै आएको तीतो अनि कहाली लाग्दो एकदमै संवेदनशील परिवेशको मिहीन चित्रण गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *