हेमन्त कान्छाले ल्याए ‘जाऊँ साइँली बेनी बजार’ को नयाँ भर्सन, प्रकाश-अन्जलीको अभिनय – Nepal Press

हेमन्त कान्छाले ल्याए ‘जाऊँ साइँली बेनी बजार’ को नयाँ भर्सन, प्रकाश-अन्जलीको अभिनय

काठमाडौं । चर्चित गीत ‘जाऊँ साइँली बेनी बजार’ को नयाँ भर्सन बजारमा आएको छ । अग्रज लोकगायक स्वर्गीय पदम विष्ट, लोचन भट्टराई र विमला राईको आवाजमा रहेको उक्त गीत सार्वजनिक भएसँगै चर्चा पाएको हो ।

गायिका लोचन भट्टराई र युवा पुस्ताका गायक हेमन्त कान्छा रसाइलीको आवाजको उक्त गीत गायक रसाइलीले शनिबार आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेका छन् । संकलक समेत रहेका स्वर्गीय विष्टको सम्झनामा नयाँ भर्सन निर्माण गरिएको हो ।

गीतमा शब्द स्वर्गीय विष्ट तथा सपना रसाइलीको र संगीत पनि विष्टकै रहेको छ । गीतको म्युजिक भिडिओको निर्देशन सुनील विक र कोरियोग्राफर रोशन विकले गरेका छन् । भिडियो करन चैसिरले खिचेका हुन् । उक्त गीतको म्युजिक भिडिओमा अहिलेका प्रकाश सपूत, अञ्जली अधिकारी, सुनील विक र दीपा शाहीको अभिनय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *