बुवाको स्मृतिमा पूर्व क्रिकेटर गौचनले यू-१६ राष्ट्रिय क्रिकेट आयोजना गर्ने – Nepal Press

बुवाको स्मृतिमा पूर्व क्रिकेटर गौचनले यू-१६ राष्ट्रिय क्रिकेट आयोजना गर्ने

रुपन्देही । आफ्ना बुवाको स्मृतिमा पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनले चौथो अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी गरेका छन् ।

शक्तिका बुवा खड्गप्रसादको स्मृतिमा ‘खड्गप्रसाद गौचन स्मृति अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता’ हुन लागेको हो ।

गौचनको स्वामित्व रहेको स्टार क्रिकेट एकेडेमीको आयोजनामा हुने प्रतियोगिता चौथो संस्करणको हो ।

प्रतियोगितामा स्टार क्रिकेट एकेडेमीसहित धनगढी, साई ग्लोबल, देउखुरी, विराटनगर, ओषिस, पोखरा, काशी नोबल एकेडेमी र न्यु होरोइजन स्पोर्टस् क्लबको सहभागिता रहने छ ।

फागुन १ देखि १३ गतेसम्म हुने प्रक्रियागितामा मुलुकभरका १० क्रिकेट एकेडेमीहरु सहभागी हुने गौचनले बताए । यसअघि शक्तिका बुवा खड्गप्रसादको निधन भएको दिन माघ १४ गतेबाट प्रतियोगिता हुँदै आएकामा यसपल्ट भने कोरोनाका कारण पछि धकेलिएको हो ।

यसपटक बुवाको जन्मदिन पारेर फागुन १ गतेदेखि प्रतियोगिता आयोजना गर्न लागिएको बिहीबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा शक्तिले जानकारी दिए ।

शक्तिले तल्लो तहबाटै राम्रो र दक्ष खेलाडी उत्पादन गर्नुपर्छ भन्ने उद्देश्यले बुवाको स्मृतिमा क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको बताए । यसले भोलिका दिनमा राष्ट्रिय स्तरका राम्रो खेलाडी उत्पादन हुनसक्ने उनको विश्वास छ ।

राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि शक्तिले बुवाको स्मृतिमा क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएका छन् । यस्तै उनले स्टार क्रिकेट एकेडेमीमार्फत् बालबालिकालाई प्रशिक्षण दिँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *