नागढुङ्गा सुरुङबारेमा जापानी राजदूत भन्छन्- जापान जे भन्छ त्यो गर्छ – Nepal Press

नागढुङ्गा सुरुङबारेमा जापानी राजदूत भन्छन्- जापान जे भन्छ त्यो गर्छ

काठमाडौं । नेपालका लागि जापानी राजदूत किकुता युताकाले जापानी सहयोगमा बनेको नागढुङा सुरुङमार्ग छेडिएपछि जापानले जे भन्छ त्यो गर्छ भनेका छन् ।

हिजो वैशाख तीन गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँगै सुरुङमार्गको अन्तिम पारको लागि सहभागी भएका राजदूत युताकाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

जापानी सीप यो सुरुङमार्गमा जोडिएका नेपाली इन्जिनियरहरुमा पनि हस्तान्तरण भएको भन्दै उनको यो सीप धेरै काम लाग्ने बताए । जापानी कम्पनीले बीपी राजमार्ग बनाउँदाको अनुभवको आधारमा सुरुङमार्ग बनाउन पनि सहयोग भएको राजदूत युताकाले बताएका छन् ।

अंग्रेजी अखबार दि हिमालयन टाइम्समा एक लेख लेखेर राजदूतले युताकाले यस्तो बताएका हुन् । सन २०२६ मा नेपाल र जापानको कूटनीतिक साइनो भएको ७० वर्ष पुग्ने भन्दै राजदूत युकाताले यो वर्ष जापानले हारिएको देशबाट सहयोग गर्ने देशको रुपमा सन १९५४ मा कोलम्बो परियोजनामा प्रवेश गरेको पनि ७० वर्ष पुगेको लेखेका छन् ।

नेपालको सन २०१५ को भूकम्पमा जापानी सहयोगको लागि धन्यवाद भन्दै नेपालीहरूले नोतो प्रायदिपको भूकम्पपछि सहयोग गरेको भावनात्मक प्रसंग पनि उनले कोट्याएका छन् ।

नेपालमा जापानको सहयोगले विकासमा सहायता पुगेको र जापानमा बसेका नेपालीको सहयोगको जापानको अर्थतन्त्र तथा बुढ्यौली जनशक्तिका सकसलाई सजिलो बनाउन सहयोग भएको राजदूतले बताएका छन् । नेपालस्थित जापानी राजदूतावासले गत वर्षमा मात्रै १६ परियोजना हस्तान्तरण गरेको राजदूत युताकाले बताए ।

२६८८ किलोमिटर लामो दुई लेनको सुरुङमार्ग बनाउन जापानले विकासशील देशहरूलाई दिने दीर्घकालीन न्यूनदरको व्याजको ऋण सहयोग गरेको थियो । ओडिए ऋण भनेर चिनिने यो ऋणको पहिलो प्रयोग सुरुङमार्गमै भएको हो । २२ अर्बको लगानीको सुरुङमा दुई तिहाइ ऋण जापानको रहेको छ । सन २०१६ मा सम्झौतामा हस्ताक्षर भएको थियो भने काम सन २०१९ मा सुरु भएको थियो । कोभिड र अन्य कारणले ढिला भएको निर्माण कार्य पूर्ण भएर सुरुङमा यातायात चल्न भने अझै एक वर्ष लाग्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर