हङकङलाई दोस्रो झट्का, दीपेन्द्रको सटिक थ्रोमा कप्तान निजाकत रनआउट – Nepal Press

हङकङलाई दोस्रो झट्का, दीपेन्द्रको सटिक थ्रोमा कप्तान निजाकत रनआउट

काठमाडौं । एसीसी प्रिमियर लिगको तेस्रो खेलमा नेपालले हङकङविरुद्ध राम्रो सुरुवात गरेको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालले पावरप्लेका ६ ओभरभित्र दुई विकेट लिँदै हङकङलाई दबाबमा राखेको हो ।

नेपालका लागि पहिलो विकेट करण केसीले लिएका थिए । उनले हङकङका ओपनर मार्टिन कोयट्जीलाई विकेट किपर आसिफ शेखको हातबाट क्याचआउट गराए ।

१२ रनमा पहिलो विकेट गुमाएपछि अंशुमान रथले कप्तान निजाकत खानसँग मिलेर इनिङ सम्हाल्ने प्रयास गरेका थिए । तर, ५.४ ओभरमा दीपेन्द्रले सटिक थ्रो गर्दै निजाकतलाई रनआउट गरेपछि हङकङ दबाबमा आएको छ ।

गुल्शन झाले फ्याकेको बलमा एक रन चोर्ने प्रयास गर्दा निजाकतले विकेट गुमाएका हुन् । दिपेन्द्रले मिड विकेटबाट फ्याकेको बल सिधै स्टम्पमा लागेको थियो । डाइभ प्रयास नगरेका निजाकत केही इन्च पछाडि परे ।

अहिले क्रिजमा बबर हायात छन् । उनी हङकङका मुख्य ब्याट्सम्यान हुन् । बाबर र अशुमानको जोडी तोड्नु नेपालका लागि महत्वपूर्ण छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *