अफलाइन हुँदा पनि हराएको फोनको लोकेशन ट्रयाक गर्न सकिने – Nepal Press

अफलाइन हुँदा पनि हराएको फोनको लोकेशन ट्रयाक गर्न सकिने

काठमाडौं । गुगलले अफलाइन हुँदा पनि हराएको फोनहरू ट्रयाक गर्ने फिचर अपडेट गरेको छ । गुगलले एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि हराएको फोनको लोकेशन ट्रयाक गर्ने फिचर ल्याएको हो ।

यस फिचरको विशेषता भनेको अनलाइन मात्रै नभएर अफलाइन भएको बेला समेत यसलाई ट्रयाक गर्न सकिने गुगलले उल्लेख गरेको छ ।

गुगलले अप्रिल ८ मा ‘फाइन्ड माई डिभाइस’ नामक यस फिचरलाई रिलिज गरेको हो । ‘फाइनड माई डिभाइस नामक मोबाइल एप पहिले नै संयुक्त राज्य अमेरिका र क्यानडामा उपलब्ध गराइसकेको कम्पनीले जनाएको छ । भने, विश्वभर यसलाई छिटै लन्च गरिने छ ।

यसअघि आफ्नो फोनहरू अनलाइन भएको समयमा मात्रै लोकेशन ट्रयक अथवा हेर्न मिल्ने थियो भने, अब अफलाइन हुँदा पनि प्रयोगकर्ताहरूले लोकेशन ट्रयाक गर्न सक्नेछन् ।

‘स्पेशीलाइज्ड पिक्सेल हाड्वेयर’ ले पिक्सेल ८ र पिक्सेल ८ प्रो युजरलाई गुगलको यस अफलाइन लोकेशन हेर्न सक्ने सुविधा प्रदान गर्दछ । गुगलको यो फिचर एन्ड्रोइड ९ र पछि यसलाई अपरेटिङ सिस्टमका लागि पनि उपलब्ध गराइने छ । फाइन्ड माई डिभाइस यसअघि प्रयोग गरिँदै आएको आइफोनको ‘फाइन्ड माई’ एपसँग मिल्दोजुल्दो रहेको गुगलले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर