सूचीकरण नभएका पाठ्य सामग्री प्रयोग नगर्न केन्द्रले गरायो ध्यानाकर्षण – Nepal Press

सूचीकरण नभएका पाठ्य सामग्री प्रयोग नगर्न केन्द्रले गरायो ध्यानाकर्षण

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले स्वीकृत नभएका पाठ्यपुस्तक प्रयोग नगराउन भनेको छ ।

देशभरका स्थानीय तह, सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्राचार गर्दै केही निजी प्रकाशनले प्रतिबन्धित पाठ्यपुस्तक अवैधरूपमा बिक्री वितरण गरेको पाइएकाले स्वीकृत पाठ्यपुस्तक/पाठ्यसामग्री तथा सिकाइ सामग्री मात्र प्रयोग गर्न गराउन भनेको केन्द्रले जनाएको छ । कतिपय पब्लिकेसन्सले पूर्वप्राथमिक कक्षाका प्रतिबन्धित पाठ्यपुस्तक प्रकाशन तथा बिक्री गरिरहेको पाइएको बताइएको छ ।

पाठ्यसामग्री व्यवस्थापन तथा मूल्याङ्कन समितिको सिफारिसको आधारमा विद्यालय तहका पाठ्यसामग्री स्वीकृत गरी सूचीकरण गर्ने व्यवस्था रहेकोमा त्यसलाई नमान्ने केही प्रकाशन गृहविरुद्ध उजुरी आएको केन्द्रका अधिकारीले जनाएका छन् ।

स्वीकृत पाठ्यपुस्तक साथै पब्लिकेसन्सको विवरण केन्द्रको वेबसाइटबाट हेर्न सकिने शाखा अधिकृत तारा पाण्डे तिवारीद्वारा जारी सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर