टीकापुरमा विकास माग्दै रञ्जितासहितका जनप्रतिनिधि बालुवाटारमा – Nepal Press

टीकापुरमा विकास माग्दै रञ्जितासहितका जनप्रतिनिधि बालुवाटारमा

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टीकापुरको विकासका लागि सात बुँदे ज्ञापनपत्र बुझाइएको छ ।

नाउपा अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ, टीकापुरका मेयर रामलाल डगौरालगायतले प्रधानमन्त्रीलाई टीकापुरको विकासका लागि आवश्यक पूर्वाधार तयार गरिदिन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा टीकापुर नगरपालिकाको गुरुयोजनासहित स्मार्ट सिटी निर्माणको लागि पहल गर्न माग गरिएको छ । टीकापुर-५ दौलतपुरस्थित सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माणको लागि पहल गर्न, टीकापुरमा विमानस्थल सञ्चालन पहल गर्न, बेलुवाबाट भजनी नगरपालिका जोड्ने पथरैया पक्की पुल निर्माणको पनि माग राखिएको छ ।

टीकापुर बसपार्कदेखि पार्क जाने बाटो ढल निकाससहित कालोपत्रे निर्माण, बाहिरी चक्रपथ निर्माण, प्लान्ट क्वारेनटाइन र खाद्य गुणस्तर कार्यालयको पुन:स्थापना र टीकापुर क्षेत्रमा वाणिज्य कार्यालय र यातायात कार्यालय स्थापनाको पहलका लागि प्रधानमन्त्रीसँग आग्रह गरिएको छ ।

‘टीकापुरमा समृद्धिका धेरै सम्भावना छन्’, रञ्जिताले भनिन्, ‘हामीले ती सम्भावनाहरूलाई टेकेर टीकापुरको विकास गर्न चाहन्छौं ।’

प्रधानमन्त्री प्रचण्डले टीकापुरको विकासका लागि आएको ज्ञापनपत्र अनुसार काम अगाडि बढाउन निर्देशन दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर