रुसी रक्षामन्त्रीको फ्रान्सेली समकक्षीलाई युक्रेनमा सैनिक पठाए ध्वस्त हुने चेतावनी – Nepal Press

रुसी रक्षामन्त्रीको फ्रान्सेली समकक्षीलाई युक्रेनमा सैनिक पठाए ध्वस्त हुने चेतावनी

काठमाडौं । रुसका रक्षामन्त्री सेग्रि सोइगुले फ्रान्सले युक्रेनमा सैनिक पठाएमा तीनको ध्वस्त हुने बताएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार सोइगुले आफ्ना फ्रान्सेली समकक्षी सेबास्तियन लेकोर्र्नोलाई यस्तो चेतावनी दिएका हुन् ।

बुधबार भएको फोन सम्पर्कमा उनले यस्तो चेतावनी दिएका हुन् । दुई रक्षामन्त्रीको टेलिफोन संवाद एक घण्टा भएको थियो । दुईको फोन संवाद सन २०२२ सेप्टेम्बर पछिको यो पहिलो हो ।

सोइगुले समकक्षी लेकोर्नोलाई भने, ‘फ्रान्सले युक्रेनमा सैनिक पठाउनु भनेको आफ्नै लागि समस्या खडा गर्नु हो ।’ फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले नेटोले सबै विकल्प खुला राखेर युक्रेनमा सैनिक पठाउने विकल्प पनि बन्द गर्न नहुने बताएका थिए । फ्रान्सेली परराष्ट्रमन्त्रीले त्यसलाई एक कदम अगाडि बढेर कुनै एक बिन्दुमा युक्रेनमा सैनिक पठाउने हुनसक्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर