भारतको चुनावमा लैङ्गिक अल्पसंख्यक: आधा लाख मतदाता, पाँच जना उम्मेदवार – Nepal Press

भारतको चुनावमा लैङ्गिक अल्पसंख्यक: आधा लाख मतदाता, पाँच जना उम्मेदवार

काठमाडौं । भारतको चुनावमा लैङ्गिक अल्पसंख्यकहरुको बाक्लो उपस्थिति देखिएको छ । लैङ्गिक अल्पसंख्यकहरु उम्मेदवारका रुपमा चुनावी मैदानमा आएका छन् ।

भारतीय च्यानल एनडीटीभीका अनुसार भारतमा ४८ हजार लैङ्गिक अल्पसंख्यक मतदाता छन् । भारतको निर्वाचन आयोजका प्रमुख आयुक्त राजीव कुमारले उक्त संख्याका लैङ्गिक अल्पसंख्यक चुनावमा सहभागी भएको एनडीटीभीलाई बताएका हुन् ।

सात चरणमा हुने भारतको चुनाव अप्रिल १९ बाट जुन १ सम्म हुनेछ । ५४३ सीटको लागि हुने भारतको लोकसभा- जुन नेपालको प्रतिनिधिसभा जस्तै हो- को लागि लैङ्गिक अल्पसंख्यक उम्मेदवार भएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

आरटीका अनुसार भारतमा उपनिवेश हुनुभन्दा अगाडिसम्म समाजमा मान्यता पाएका लैङ्गिक अल्पसंख्यकहरुलाई उपनिवेश आएपछि विभेद सुरु गरिएको उनीहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर