लुम्बिनी कांग्रेसमा संसदीय दलको नेता फेर्ने कसरत, संस्थापन छाडेर शेखर पक्षमा लागे खनाल – Nepal Press

लुम्बिनी कांग्रेसमा संसदीय दलको नेता फेर्ने कसरत, संस्थापन छाडेर शेखर पक्षमा लागे खनाल

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका सांसदहरू संसदीय दलको नेता फेर्ने कसरतमा लागेका छन् । यसअघि दलका नेता रहेका डिल्लीबहादुर चौधरीलाई हटाएर संस्थापन इतर समूहले नयाँ

दाङका पूर्वमन्त्रीसमेत रहेका राजु खनाल संस्थापन पक्ष छाडेर डा. शेखर कोइराला र गगन थापा पक्षमा लागेपछि संसदीय दलको गणित फेरबदल भएको हो । खनालले केन्द्रीय सदस्य गेहेन्द्र गिरीलाई भेटेर पहलका लागि आग्रह गरेका छन् । गिरी संस्थापन पक्षकै नेता हुन् । गिरीले नै यसअघि चौधरीलाई दलको नेता बनाउने बेला संयोजन गरेका थिए ।

खनाल र वीरबहादुर रानामध्येबाट एकजनालाई अघि सार्ने रणनीतिमा इतर समूह रहेको बताइएको छ ।

लुम्बिनी पार्टीमा इतर समूहको वर्चश्व रहेको तर संसदीय दलमा भने गणित केही थोरै भएकाले यसअघिको प्रयास विफल भएको थियो ।

‘हामीले दलको नेता फेर्नेगरी बैठक बसेका छौं, केही समयमा यसलाई अगाडि बढाउँछौं, सम्भवत: पूर्वमन्त्री राजु खनाल वा वीरबहादुर रानामध्येबाट छनौट हुनुहुनेछ, त्यसमा पनि खनालकै पक्षमा निर्णय हुन्छहोला’, बैठकमा रहेका एक नेताले नेपाल प्रेससँग भने ।

नेपाली कांग्रेस लुम्बिनीका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले भने यसबारे अनभिज्ञता दर्शाए ।

‘म देउखुरीमा छु, यो विषयमा कसैले केही सुनाउनुभएको छैन, उपनेता बनाउने विषयमा केही कुरा भएको थियो, दलकै नेता फेर्ने विषयमा मलाई जानकारी छैन, पहिलो पटक सुने’, तिमिल्सिनाले भने । उनी संस्थापन समूहका हुन् ।

८७ सदस्यीय प्रदेशसभामा दोस्रो दल रहेको कांग्रेसका २७ सांसद रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर