एम्सकी डाक्टरलाई यौन हिंसा गर्ने नर्सिङ अफिसर पक्रन इमरजेन्सी वार्डमा भारतीय प्रहरी भ्यान (भिडिओ) – Nepal Press

एम्सकी डाक्टरलाई यौन हिंसा गर्ने नर्सिङ अफिसर पक्रन इमरजेन्सी वार्डमा भारतीय प्रहरी भ्यान (भिडिओ)

काठमाडौं । भारतको उत्तराखण्ड राज्यको ऋषिकेश क्षेत्रको एक्स् अस्पतालको इमरजेन्सी वार्डमा भारतीय प्रहरीले भ्यान छिरेको छ ।

एम्स् अस्पतालमा कार्यरत कनिष्ठ डाक्टरलाई नर्सिङ अफिसरले यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरी इमरजेन्सी वार्डमा गाडीसहित पुगेको हो ।

एम्स्को तेस्रो तलामा देखिएको उक्त दृश्यलाई रुसी विश्व च्यानल आरटीले बलिउडको जस्तो दृश्य भनेर व्याख्या गरेको छ । मे १९ मा यौनजन्य दुर्व्यवहार भएपछि डाक्टरहरू मङ्गलवारबाट विरोधमा उत्रिएका थिए ।

बिहीबार प्रहरी अस्पताल परिसरमा प्रवेश गरेको थियो ।

यौन हिंसा गर्ने आरोपी पक्राउ गर्न प्रहरी पुग्नुलाई सकारात्मक लिए पनि इमरजेन्सी वार्डमा प्रहरी भ्यान लिएर पुग्नुले भारतीय प्रहरीले कसरी राम्रो प्रहरी बन्ने भन्ने सिक्न बाँकी भएको भन्दै सामाजिक सञ्जालमा भारतीयहरूले व्यापक प्रतिक्रिया दिएको आरटीले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर