काेलकत्ता बन्याे आईपीएल च्याम्पियन – Nepal Press

काेलकत्ता बन्याे आईपीएल च्याम्पियन

काठमाडौं । १७औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ ।

आइतबार भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले आइपिएलको उपाधि जितेको हो ।

हैदरावादले दिएको गरेको १ सय १४ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १० ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

कोलकाताका वेंकटेश ऐरले सर्वाधिक अविजित ५२ रन जोडे । रहमनुल्लाह गुर्बाजले ३९ रन जोड्दा कप्तान श्रेयस ऐर ६ रनमा अविजित रहे ।

बलिङमा हैदरावादका कप्तान प्याट कमिन्स र शाहबाज अहमदले एकएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको हैदरावाद १८ ओभर ३ बलमा १ सय १३ रनमा समेटिएको थियो ।

हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन जोडे । अन्य ब्याटर क्रीजमा टिक्न सकेनन् ।

बलिङमा कोलकाताका आन्द्रे रसलले ३, हर्षित राना र मिचेल स्टार्कले २-२ विकेट लिए ।

कोलकाताका लागि यो तेस्रो उपाधि हो । यसअघि सन् २०१२ र २०१४ मा कोलकाताले आइपिएलको उपाधि जितेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर