२४ वर्षपछि फ्रान्सका राष्ट्रपति छिमेकी देश जर्मनीको राजकीय भ्रमणमा – Nepal Press

२४ वर्षपछि फ्रान्सका राष्ट्रपति छिमेकी देश जर्मनीको राजकीय भ्रमणमा

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले आइतबार छिमेकी देश जर्मनीको तीन दिने राजकीय भ्रमण सुरु गरेका छन् ।

फ्रान्स सरकारको विश्व च्यानल फ्रान्स २४ का अनुसार राष्ट्र प्रमुखले २४ वर्षपछि जर्मनीमा राजकीय भ्रमण गरेका हुन् ।

आगामी महिना हुने युरोपेली संसदको चुनाव अगाडि युरोपेली संघको एकमात्र संयुक्त राष्ट्रसंघको भिटो देश फ्रान्सका राष्ट्रपतिले युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रको देशमा भ्रमण गरेका हुन् ।

फ्रान्स २४ का अनुसार युरोपेली संघका दुई ठूला शक्ति एक भएको सन्देश दिन भ्रमण भएको हो । विश्व मञ्चमा जर्मनी र फ्रान्सका धेरै मुद्दामा असमानता भइरहेको तथा अमेरिकामा नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आउने चर्चा अनि युक्रेन युद्धको सेरोफेरोमा भएको राजकीय भ्रमणको धेरै अर्थ हुने फ्रान्स २४ ले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर