रेशम दम्पतीको विवाद मिलाउन प्रधानमन्त्री अग्रसर, दुवैसँग अलग-अलग छलफल – Nepal Press

रेशम दम्पतीको विवाद मिलाउन प्रधानमन्त्री अग्रसर, दुवैसँग अलग-अलग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रीमान-श्रीमतीबीचको विवादका कारण नागरिक उन्मुक्ति पार्टी विभाजन हुन नदिन र सत्ता गठबन्धन बलियो बनाइराख्न पहल लिएका छन् ।

समाजवादी मोर्चाको कार्यक्रमअघि मंगलबार प्रधानमन्त्रीले नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठसँग अलग-अलग छलफल गरेका हुन् । प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा दुवैजनालाई मिलेर पार्टी एकता बचाइराख्न र प्रदेश तथा संघीय सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ ।

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रञ्जितासँग छलफल गरेका छन् । ओली भेट्न रञ्जिता मंगलबार दिउँसो बालकोट पुगेकी थिइन् । रेशम चौधरी पनि ओलीलाई भेट्न बालकोट जाने तयारीमा रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर