समाजवादीका सांसद नआएपछि बागमती प्रदेशसभा बैठक ४ बजेलाई सारियो – Nepal Press

समाजवादीका सांसद नआएपछि बागमती प्रदेशसभा बैठक ४ बजेलाई सारियो

हेटौंडा । बागमती प्रदेशसभा बैठक अनिश्चित बनेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने बैठकमा सत्तापक्षकै एकजना सांसद नआइपुगेपछि बैठक अनिश्चित बनेको हो ।

सत्तापक्षका नेकपा एकीकृत समाजवादी सांसद रमा आलेमगर बैठकस्थल नआइपुगेपछि प्रदेशसभा सचिवालयले बैठ ४ बजेलाई सारेको छ ।

एकजना सभासद मात्र अनुपस्थित रहेको अवस्थामा बागमतीमा सत्ता पक्षले विश्वासको मत पाउने अवस्था नभएपछि बैठक सारिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर