राजस्व अनुसन्धानद्वारा हालसम्मकै बढी सवा १० अर्ब बिगो दाबी गर्दै कोटिभिटीविरुद्ध भ्रष्टाचार मुद्दा दायर – Nepal Press

राजस्व अनुसन्धानद्वारा हालसम्मकै बढी सवा १० अर्ब बिगो दाबी गर्दै कोटिभिटीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले अहिलेसम्मकै सबैभन्दा धेरै सवा १० अर्बभन्दा बढी विगो दाबीसहित कोटीभिटी नेपाल प्रालिविरुद्ध राजश्व छली गरेको भन्दै अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले उक्त कम्पनीविरुद्ध १० अर्ब ३६ करोड ४५ लाख २२ हजार ६०४ रुपैयाँ बराबरको बिगो जरिवाना मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागले अनुसन्धान गर्दा भेरिस्क इन्फर्मेशन टेक्नोलोजिज् प्रालिको नाममा शेयर धनी दर्ता किताबमा डिटु हकाई, इंक, भेरिस्क हेल्थ इंक उल्लेख भएको र भर्सेन्ड टेक्नोलोजिज्को नाममा शेयर धनी दर्ता किताबमा भर्सेन्ड टेक्नोलोजिज् इंक उल्लेख भएकोले कोटभिटी नेपाल प्रालि उल्लेखित भन्दै कोटीभिटीले राजश्व चुहावट ऐन, २०५२ को दफा ४ अनुसार अदालतमा पाटनमा मुद्दा दायर गरेको हो ।

छानबिन गर्दा यी कम्पनीको विभिन्न आर्थिक वर्षमा शेयर स्वामित्वमा परिवर्तन भएको देखिएको भए पनि कम्पनीको शेयर स्वामित्वमा भएको परिवर्तन अनुसार कम्पनीले दर्ता रहेको मध्यम स्तरीय करदाता कार्यालय लगायत नेपाल सरकार अन्तर्गतका निकायमा जानकारी नदिई प्रचलित कर कानून बमोजिम तिर्नु बुझाउनुपर्ने आयकर ऐन, २०५८ बमोजिमको कर तथा मूल्य अभिवृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्व समेत दाखिला नगरी राजस्व चुहावट गरेको विभागको अनुसन्धानबाट खुलेको विभागका महानिर्देशक नवराज ढुंगानाले नेपाल प्रेससँग बताए ।

एउटै व्यावसायिक कम्पनीलाई यति ठूलो मात्राको सजाय मागदाबी गरी अभियोग दायर गरेको यो पहिलो पटक भएको महानिर्देशक ढुङ्गानाको भनाइ छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर