मेडिकल उपकरण सप्लाईका ‘सेटिङ मास्टर’ विशाल पण्डितविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता – Nepal Press

मेडिकल उपकरण सप्लाईका ‘सेटिङ मास्टर’ विशाल पण्डितविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । मधेश प्रदेशलगायत विभिन्न ठाउँमा स्वास्थ्य उपकरण खरिदमा सेटिङ मास्टरका रूपमा चर्चित व्यवसायी विशाल पण्डितविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कोशी प्रदेशमा मेडिकल उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन प्रमुख चन्द्रदेव मेहता र हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कुशल दाहाललगायतलाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो ।

यो पनि पढ्नुहोस् : प्रयोग नहुने स्वास्थ्य सामग्री किनेर मधेश प्रदेशमा अर्बौंको अनियमितता, अख्तियारले थाल्यो छानबिन

अख्तियारले कोशी प्रादेशिक अस्पतालमा कोरोना महामारीका बेलामा स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचार भएको ठहरसहित विशाल पण्डितसमेतलाई भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । पण्डित होटल बसेराका मालिकसमेत हुन् ।

अख्तियारले उनीहरुविरुद्ध दुई करोड ८९ लाख रूपैयाँ बिगो मागदाबी गरेको छ ।

पण्डितले अख्तियार प्रमुख प्रेम राईसँग आफ्नो सम्बन्ध राम्रो रहेको भन्दै ठूला ठेक्काको सेटिङमा कर्मचारी मिलाउने गरेका थिए । अख्तियारले मधेश प्रदेशमा प्रयोग नहुने स्वास्थ्य सामग्री किनेर अर्बौंको अनियमितता गरेको प्रकरणमा पनि छानविन गरिरहेको छ । यसमा पनि पण्डित संलग्न रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर