महाराजगञ्जका वडाध्यक्ष घुससहित पक्राउ – Nepal Press

महाराजगञ्जका वडाध्यक्ष घुससहित पक्राउ

रुपन्देही । कपिलवस्तुमा एक जना वडाध्यक्ष स्थानीयको काम मिलाइदिन घुस लिन लागेको अवस्थामा अख्तियारको नियन्त्रणमा परेका छन् ।

महाराजगन्ज नगरपालिका २ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा दुरुपयोग अनुसन्धान आयोग बुटवलले कार्यालयबाट नै नियन्त्रणमा लिएको हो ।

अख्तियार बुटवल सूचना अधिकारी एवं उपसचिव ईश्वरीप्रसाद आचार्यले १५ हजार नगदसहित नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर