एमाले अधिवेशन : ओलीको गृहजिल्लामा जुटेन सहमति, प्रयास जारी – Nepal Press

एमाले अधिवेशन : ओलीको गृहजिल्लामा जुटेन सहमति, प्रयास जारी

विराटनगर । नेकपा एमाले झापाको नेतृत्वको आकांक्षीबीच सहमतिको प्रयास जारी छ । ११औं जिल्ला सम्मेलनको उद्घाटनमा अध्यक्ष केपी शर्मा ओलीले सहमति गरेर नेतृत्व छान्न निर्देशन दिएका थिए ।

ओलीले सहमति नभए आफूले पदाधिकारीको नाम घोषणा गर्ने समेत बताइसकेका छन् । झापा ओलीको गृहजिल्ला हो ।

अध्यक्ष पदका लागि कार्यवाहक अध्यक्ष प्रेम गिरी र सचिव शिव ढुंगेलले दाबी गरेका छन् ।

तर, अध्यक्ष ओलीले गिरीलाई ग्रिन सिग्नल दिएको एक नेताको दाबी छ ।

‘अध्यक्षमा प्रेम गिरी र सचिवमा तुलसी कार्कीलाई अघि सार्ने भनिएको छ । अरु पदमा कुरो मिलेको छैन । हेरौं भरेसम्म के हुन्छ’, ती नेताले सुनाए ।

अर्का दाबेदार शिव ढुंगेलले भने आफूसँग कुनै सहमति नभएको बताएका छन् ।

‘म नेतृत्वमा जाने कुरा सबैलाई भन्दै आएकै छु । कहाँ, कसले र कसरी सहमति गरेको हो, त्यो मलाई थाहा भएन’, उनले भने ।

यसैगरी उपाध्यक्षमा अशारु राजवंशीमा सहमति गरिएको भनिएपनि एकभन्दा बढीको मनोनयन दर्ताको तयारी भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर