लुम्बिनीमा गतवर्षभन्दा एसइईमा घटे विद्यार्थी – Nepal Press

लुम्बिनीमा गतवर्षभन्दा एसइईमा घटे विद्यार्थी

रुपन्देही । लुम्बिनी प्रदेशमा गतवर्षभन्दा यो वर्ष एसइई दिने परीक्षार्थीको संख्या घटेको छ । उच्च शिक्षामा विद्यार्थी घटिरहेको बेला यो वर्ष एसइईमासमेत विद्यार्थी घटेका हुन् ।

बिहीबारदेखि सुरु यस वर्षको एसइई परीक्षामा ८३ हजार चार सय विद्यार्थी परीक्षामा सहभागी भएका छन् । गतवर्ष ८५ हजार चार सय २४ विद्यार्थी सहभागी भएका थिए । यवर्ष दुई हजार २४ विद्यार्थी घटेका हुन् ।

लुम्बिनी प्रदेशबाट नियमिततर्फ ७७ हजार तीन सय ६४, प्राविधिकतर्फका दुई हजार ९ सय ४६ गरी ८० हजार तीनसय १० र ग्रेड बृद्धितर्फ ३ हजार ९० गरी ८३ हजार चार सय विद्यार्थी परीक्षामा सहभागी रहेको लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयका सूचना अधिकारी माधवप्रसाद पोख्रेलले जनाएका छन् । चैत २७ गतेसम्म परीक्षा चल्नेछ ।

लुम्बिनी प्रदेशको रुपन्देहीबाट सबैभन्दा धेरै १९ हजार ६ सय ४८ विद्यार्थी परीक्षामा सहभागी भएका छन् । दाङ जिल्लाबाट १२ हजार ८ सय, नवलपरासीबाट ५ हजार ४ सय ४६, पाल्पाबाट चार हजार एक सय ८१, गुल्मीबाट ४ हजार ९७, अर्घाखाँचीबाट दुई हजार ९ सय ७२ जना सहभागी छन् ।

यस्तै, कपिलवस्तुबाट ९ हजार ५८, रोल्पाबाट तीन हजार ८ सय ११, प्युठानबाट तीन हजार ९ सय ४८, बाँकेबाट ९ हजार ८९, बर्दियाबाट ७ हजार १३ र रुकुम पूर्वबाट एक हजार ३० विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

तीन सय ४० परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, पाँच सय ६७ सहायक केन्द्राध्यक्ष, चार हजार एक सय ८४ निरीक्षक, ८ सय ३४ परीक्षा सहायक, एक हजार ६ सय ६८ कार्यालय सहयोगी गरेर ७ हजार पाँचसय ९३ परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि जनशक्ति परिचालन गरिएको छ । परीक्षाका लागि १२ वटै जिल्लामा तीन सय ४० वटा परीक्षा केन्द्र तोकिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर