सुदूरपश्चिममा एक हजार २१ विद्यार्थी एसईईमा अनुपस्थित – Nepal Press

सुदूरपश्चिममा एक हजार २१ विद्यार्थी एसईईमा अनुपस्थित

डोटी । बिहीबार सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन सुदूरपश्चिममा एक हजार २१ विद्यार्थी अनुपस्थित भएका छन् ।

सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार नियमिततर्फ ८४३ र ग्रेड वृद्धितर्फ १७८ विद्यार्थी अनुपस्थित भएका हुन् । नियमितमा साधारणतर्फ ८३७ र प्राविधिकतर्फका ६ जना विद्यार्थी पहिलो दिनको परीक्षामा सहभागी भनन् ।

परीक्षामा अनुपस्थित हुनेमा छात्रा ५१० र छात्र ५११ जना रहेका छन् । सुदूरपश्चिम प्रदेशबाट ५५ हजार १० विद्यार्थीले परीक्षा फाराम भरेका थिए । जसमा २७ हजार २४४ छात्र र २७ हजार ७६६ जना छात्रा थिए ।

अपाङ्गता भएका ११ परीक्षार्थी

एसईईमा सहभागी विद्यार्थीमध्ये ११ जना अपाङ्गता भएका रहेको निर्देशनालयले जनाएको छ । प्रदेश शिक्षा विकास निर्देशक दुर्गादत्त विष्टले दृष्टिविहीन छात्रा दुई र छात्र पाँच गरी ७ जना परीक्षामा सहभागी भएको बताए ।

त्यस्तै अन्य अपाङ्गता भएका दुईदुई छात्रछात्रा परीक्षामा सहभागी छन् । उनका अनुसार कैलालीका आठ, कञ्चनपुरका एक र बाजुराका चार जना अपाङ्गता भएका विद्यार्थी परीक्षा सहभागी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर