शेयर बजारमा झिनो अंकको वृद्धि – Nepal Press

शेयर बजारमा झिनो अंकको वृद्धि

काठमाडौं । साताको अन्तिम करोबारका दिन शेयर बजार झिनो अंकले वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेर २०३५.६४ बिन्दुमा अडिएको हो ।

यसदिन बजारमा ६६ लाख १४ हजार ४४५ कित्ता शेयरको खरिदबिक्री हुँदा २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन बुधबार मात्रै १० अंकले घटेको बजारमा २ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको थियो । यस साता सोमबार खुलेको शेयर बजारमा १७ अंकले गिरावट भएको थियो । त्यस्तै, मंगलबार १० अंकले बढेरको नेप्से बुधबार पुन १० अंकले नै घटेको थियो ।

अजाको कारोबारमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र धौलागीरी लघुवित्त वित्तीय संस्थाको सेयरमुल्यमा नेगेटीभ सकिर्ट लागेर लगनीकर्ताहरुले सवार्धिक गुमाएका छन् भने हिमालया ऊर्जा विकास कम्पनीको सेयरमुल्यमा पोजेटीभ सकिर्ट लगेको छ ।

बिहीबार बजार पूँजीकरण ३२ खर्ब २७ अर्ब रुपैयाँ बढी रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर