आईपीएल इतिहासमा बन्यो सर्वाधिक रनको रेकर्ड – Nepal Press

आईपीएल इतिहासमा बन्यो सर्वाधिक रनको रेकर्ड

हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपीएल) मा उच्च रनको रेकर्ड बनेको छ । १९ छक्का र १८ चौकाको मद्दतले सनराइजर हैदरवादले २७७ रन बनाएपछि आईपीएलमा रेकर्ड बनेको हो । मुम्बई इन्डियन विरुद्द्को खेलमा यो रेकर्ड बनेको हो ।

राजीव गान्धी इन्टरनेसल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनायो ।

उसको लागि ओपनर टविस हेडले २४ बलमा ९ चौका र ३ छक्कासहित ६२ रनको तुफानी पारी खेल्दा अभिषेक शर्माले २३ बलमा ३ चौका र ७ छक्कासहित ६३ रन बनाए ।

त्यसपछि आएका हेनरिक क्लासेन ३४ बलमा ४ चौका र ७ छक्कासहित ८० रनमा नटआउट रहे । एडेन माक्ररम २८ बलमा २ चौका र १ छक्कासहित ४२ रनमा नटआउट रहे । ओपनर मयंक अग्रवाललाई ११ रनमा गुमाएको हैदराबादले त्यसपछि रनको वर्षा गर्न सफल बन्यो ।

यसअघि आईपीएलमा सर्वाधिक योगफल सन् २०१३ मा रोयल च्यालेन्जर्स बेंगलुरुले पुणे वारियर्सविरुद्ध २० ओभरमा ५ विकेट गुमाउँदै २६३ रन बनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *