हाल कुनै नेपालीलाई रुस जान श्रम स्वीकृतिको व्यवस्था छैन : श्रममन्त्री अर्याल (भिडिओ) – Nepal Press

हाल कुनै नेपालीलाई रुस जान श्रम स्वीकृतिको व्यवस्था छैन : श्रममन्त्री अर्याल (भिडिओ)

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले हाल कुनै पनि व्यक्तिलाई रुस जान श्रम स्वीकृतिको व्यवस्था नरहेको स्पष्ट पारेका छन् ।

बुधबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले रुस जान श्रम स्वीकृतिको व्यवस्था नगरिएको बताएका हुन् । उनले रुस जान व्यक्तिगत श्रम स्वीकृतको व्यवस्था बन्द नै रहेको र खुला नगरिएको स्पष्ट पारे ।

वैदेशिक रोजगार व्यवसायीले रुसको सुरक्षीत स्थानका लागि ल्याएको डिमान्डलाई स्वीकृति दिने निर्णय अघिल्लो मन्त्रीको पालामा भएको निर्णय भएकाले आफ्नो कार्यकालमा नै निर्णय भएको भन्ने कुरा गलत भएको उनले बताए । उनले अघिल्लो मन्त्रीको पालामा भएका निर्णयलाई पूर्नविचार गर्नेे उल्लेख गरे ।

त्यस्तै, उनले रुसमा रहेका नेपाली नागरिकको उद्दारका लागि सरकार गम्भीर रहेको धारणा राखे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर