अमेरिकामा पुललाई ठक्कर हान्ने पानीजहाजको इन्धन सकिएको थियो, गन्तव्य श्रीलङ्का – Nepal Press

अमेरिकामा पुललाई ठक्कर हान्ने पानीजहाजको इन्धन सकिएको थियो, गन्तव्य श्रीलङ्का

काठमाडौं । अमेरिकामा मङ्गलवार पुललाई ठक्कर दिएको डाली नामक पानीजहाजमा इन्धन सकिएको पाइएको छ ।

बीबीसीका अनुसार इन्धन सकिएको जानकारी पाउँदा समय घर्किसकेकोले चालक दलका सदस्य बिलखबन्दमा परेका थिए ।

२८९ मिटर अग्लो मालवाहक पानीजहाज आफ्नो २७ दिने यात्राको लागी श्रीलंकाको राजधानी कोलम्बो आउने मिसनमा थियो ।

मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको दुर्घटनामा ६ जनाको ज्यान गएको अनुमान गरिएको छ ।

पाताप्स्को नदीमा ज्यादै चिसो मौसम र रातिको समय भएकोले उद्धारमा समस्या भएको अमेरिकी अधिकारीहरूले बताएको अलजजिराले उल्लेख गरेको छ ।

अमेरिकी समय अनुसार मङ्गलवार राती तीन हजार कन्टेनर बोकेको पानीजहाज पुलमा ठोकिएको थियो । ठोकिएपछि भत्किएको पुलबाट मान्छे तथा सवारीहरू साधनहरु नदीमा खसेका थिए ।

बाल्टिमोरको सहरी क्षेत्रको राजमार्गको अभिन्न पुल भएकोले पुल भत्किएपछि मेरिल्याण्ड राज्यले आपतकाल घोषणा गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *