स्पेन र ब्राजिल बराबरीमा रोकियो – Nepal Press

स्पेन र ब्राजिल बराबरीमा रोकियो

काठमाडौं । युरोप भ्रमणमा रहेको ब्राजिलले स्पेनसँग ३-३ को बराबरी खेल खेलेको छ ।

स्पेनको सान्टियागो बर्नबेउ मड्रिडमा भएको खेलको १२औं मिनेटमा रोड्रीको गोलबाट स्पेनले अग्रता लिएको थियो । घरेलु टोलीको लागि पहिलो हाफको ३६ औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै अग्रता दोब्बर पारे ।

निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको ४०औं मिनेटमा ब्राजिलका रोड्रिगोले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । पहिलो हाफमा २(१ ले पछि परेको ब्राजिलले दोश्रो हाफको ५०औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका एन्ड्रिक मार्फत गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

स्पेनका रोड्रीले ८७औं मिनेटमा गोल गर्दै स्पेनलाई पुनः ३–२ को अग्रता दिलाए । तर इन्ज्युरी समएको ७ औं मिनेटमा ब्राजिलले पाएको पेनाल्टीको अवसरलाइ पाक्वेटाले खेर फालेनन र गोल गर्दै ब्राजिललाई ३(३ को बराबरीमा लगे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *