कांग्रेसलाई रघुवीर महासेठको प्रश्न- हिजो प्रधानमन्त्री अफर गर्ने अहिले गृहमन्त्रीको राजीनामा माग्ने ? (भिडिओ) – Nepal Press

कांग्रेसलाई रघुवीर महासेठको प्रश्न- हिजो प्रधानमन्त्री अफर गर्ने अहिले गृहमन्त्रीको राजीनामा माग्ने ? (भिडिओ)

जनकपुरधाम । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्नु नै गलत भएको बताएका छन् ।

जनकपुरधाममा पत्रकारहरुसंगको संक्षिप्त कुराकानीमा उनले भने, ‘कांग्रेसको माग हो संसदीय छानबिन समिति गठन हुनुपर्ने । तर एउटा कुरा– हिजो गठबन्धन चेन्ज हुँदा कांग्रेसले प्रधानमन्त्रीको अफर गर्ने । र, उसको अफर नस्वीकारेर यो गठबन्धनमा आएर गृहमन्त्री बन्दा अपराधी र ठग हुने ? यो त गलत हो नी !’

उपप्रधानमन्त्री महासेठले छानविन चलिरहेको र दोषी सावित भए सरकारबाट बाहिर जानैपर्ने बताए । उनले संसदीय छानविन समिति गठन तत्काल नहुने संकेत गरे ।

उनले चार वर्ष ३ महिनापछि भौतिक पूर्वाधार मन्त्रालयमा फर्केको भन्दै आफूले गर्ने कामबाट जनता चाँडै अनूभुति गर्ने बताए । उनले भौतिक पूर्वाधारको विकास विना देश समृद्ध हुन नसक्ने र प्रधानमन्त्री ज्यूले पनि प्राथमिकतामा राखेको बताए ।

नेकपा एमालेका सचिव समेत रहेका उनले सातै प्रदेशको विषयमा पार्टी–पार्टीबीच छलफल र सहकार्य भइरहेको भन्दै भएको सहमती अनुसार अगाडी बढ्ने बताए । उनले सहमति के भएको विषयमा केही बताउन चाहेनन् । उनले भने, ‘छिट्टै थाहा पाउनुहुन्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
Nepal Press - Live
Nepal Press - Live