दोहाबाट उपेन्द्र यादवलाई बिदाई गर्दै नेपाली राजदूतले भने- देशको राजनीतिक अस्थिरताप्रति उहाँ गम्भीर हुनुहुन्छ – Nepal Press

दोहाबाट उपेन्द्र यादवलाई बिदाई गर्दै नेपाली राजदूतले भने- देशको राजनीतिक अस्थिरताप्रति उहाँ गम्भीर हुनुहुन्छ

आजै स्वदेश फर्कँदै यादव

काठमाडौं । कतारस्थित नेपाली राजदूत डा. नरेशविक्रम ढकालले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव देशको पछिल्लो राजनीतिक अवस्थाबारे गम्भीर रहेको बताएका छन् ।

अमेरिकाको न्यूयोर्कबाट फर्कँदै गरेका उपप्रधानमन्त्री यादवलाई दोहाबाट बिदाइ गर्दै राजदूत ढकालले यस्तो बताएका हुन् । उनले भने, ‘देशको राजनीतिक अस्थिरताप्रति उहाँ गम्भीर हुनुहुन्छ ।’

यादव अमेरिका रहँदा पार्टीका वरिष्ठ नेता अशोककुमार राईले सात जना सांसद र ३० जना केन्द्रीय सदस्यसहित नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएका छन् । जसले नयाँ राजनीतिक सिनारियोको निर्माण गरेको छ ।

पार्टी अध्यक्ष रहेका उपप्रधानमन्त्री यादव आज स्वदेश फर्कँदै छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर