नेपाली क्रिकेटको वर्तमान र भविष्यबाट प्रभावित भएको छु : आईसीसी अध्यक्ष बार्क्ले (भिडिओ) – Nepal Press

नेपाली क्रिकेटको वर्तमान र भविष्यबाट प्रभावित भएको छु : आईसीसी अध्यक्ष बार्क्ले (भिडिओ)

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अध्यक्ष जर्ज बार्क्ले नेपाली क्रिकेटको विधमान अवस्थाबाट आफू निकै प्रभावित भएको बताएका छन् । उनले नेपाली क्रिकेटको भविस्य राम्रो रहेको पनि उल्लेख गरेका छन् ।

नेपाल भ्रमणमा रहेका आईसिसी अध्यक्ष बार्क्लेले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘मैले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, खेलकुदमन्त्री र प्रधानमन्त्रीलाई भेटेँ । नेपाली क्रिकेटको भविस्यलाई लिएर केही सकारात्मक प्रभाव परेको छ ।’ उनले प्रगति भइरहेको र भविस्यमा पनि नेपाली क्रिकेटको प्रगती हुनेमा विश्वास व्यक्त गरे ।

उनले प्रगति भइरहेको र भविस्यमा पनि नेपाली क्रिकेटको प्रगती हुनेमा विश्वास व्यक्त गरे । उनले आफ्नो नेपाल भ्रमणले नेपाल क्रिकेट संघ र आईसीसी दुवैलाई फाइदा पुग्ने पनि बताएका छन् । उनले क्रिकेटको विकाशका लागि पूर्वाधारमा लगानी आवश्यक रहेको पनि बताए ।

‘आईसीसीका प्रतियोगिता र दुई देशीय शृंखलाहरु आयोजन गर्न स्तरीय पूर्वाधारहरु चाहिन्छ’, उनले भने । बार्क्लेले प्राक्टिस मैदान, लाइट र हाइपर्फमेन्स एरियालगायत न्युनतम आवश्यकताहरु भएको औँल्याए ।

उनले नेपालका मैदानहरुबाट आफु खुसी भएको र तर ठुला टिम र प्रतियोगिताहरु आयोजना गर्न त्यसमा अझै कामहरु गर्न बाँकी रहेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली क्रिकेटको विकासमा सहयोग गर्ने भन्दै आईसीसीलाई पनि सहकार्यका लागि आग्रह गरेको बार्क्लेले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर