क्यानडाको सदनमा इजरायललाई हतियार नबेच्ने संकल्प पारित – Nepal Press

क्यानडाको सदनमा इजरायललाई हतियार नबेच्ने संकल्प पारित

काठमाडौं । क्यानडाको सदनले इजरायललाई भविष्यमा हतियार नबेच्ने संकल्प पारित गरेको छ ।

रुसी विश्व च्यानल आरटीका अनुसार इजरायलले गाजामा गरेको सैन्य कारबाहीको विपक्षमा सांसदहरुले आवाज उठाएकोले यस्तै संकल्प पारित भएको हो ।

क्यानेडाली विदेशमन्त्री मेलानी जोलीले मंगलबार टोरोन्टो स्टारसँग कुरा गरेर यस्तो जानकारी दिएकी हुन् । मन्त्री जोलीले सदनको संकल्प कानुनी कोणमा बाध्यकारी नभएपनि सरकारले त्यो लागु गर्ने बताएकी छन् ।

उनले पत्रकारलाई भनेकी छन्, ‘यो बास्तबिक कुरा हो ।’ क्यानडाको सदनको वामपन्थी ढल्कुवा दल न्यू डेमोक्रेट्सले राखेको संकल्प प्रस्ताव पारित भएको थियो ।

६ महिना अगाडिबाट गाजामा सैन्य हमला गरेको इजरायलको हमला हालसम्म रोकिएको छैन । हमासले इजरायली भूमिमा छिरेर गरेको हिंसात्मक आक्रमणबिरुद्धमा इजराइलले गरेको हिंसामा परेर हजारौँ निर्दोष बालबालिका, महिला तथा वृद्धवृद्धाहरुको ज्यान गइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर