आठ महिनामा ६ हजार ७९४ विद्युतीय गाडी र ८१ हजार ७१० पेट्रोलियम मोटरसाइकल आयात – Nepal Press

आठ महिनामा ६ हजार ७९४ विद्युतीय गाडी र ८१ हजार ७१० पेट्रोलियम मोटरसाइकल आयात

काठमाडौं । नेपालमा पछिल्लो समय बढ्दै गएको विद्युतीय सवारी साधनको प्रयोगसँगै आयतमा पनि वृद्धि भएको देखिन्छ । चालू आर्थिक वर्षको आठ महिनामा मात्रै ६ हजार ७९४ वटा विद्युतीय कार, भ्यान, जिप र मिनि र माइक्रो बास आयात भएका छन् ।

आठ महिनाको अवधिमा कूल १६ अर्ब ९७ करोड ५१ लाख २७ हजार रुपैयाँका विद्युतिय सवारी साधन नेपाल भित्रिएका हुन् ।

भन्सार विभागले सार्वजनिक गरेका तथ्याङकअनुसार फगुन समान्तसम्म ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका सबैभन्दा बढी ३ हजार ५९४ वटा विद्युतिय कार, भ्यान र जीप आयात भएका छन् ।

त्यस्तै, ५० किलोवाट सम्मका २ हजार ७४६ वटा, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ७५ र २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका २० वटा विद्युतिय कार, जीप र भ्यान आयात भएका छन् । त्यसैगरी, १५ देखि २५ सिटर ७७ वटा मिनि बस र ११ देखि १४ सिटर २८२ वटा माइक्रोबस आयात भएका छन् ।

यता दुई पांग्रे सवारी साधन अर्थात मोटरसाईकलहरुको पनि आयात बढ्दो संख्यामा छ । नेपालमा दुई पांग्रे सवारी साधनमा पर्ने मोटरसाईक(पेट्रोलियम)हरु १२५ सिसि देखि ८०० सिसि सम्मका भित्रिने गरेका छन् ।

चालू आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ हेर्दा १२५ सीसीदेखि ८०० सीसी सम्मका ८१ हजार ७१० मोटरसाइकलहरु नेपाल भित्रिएका छन् । जस बापत ९ अर्ब ५४ करोड ७४ लाख ४६ हजार रुपैयाँ बाहिरिएको छ भने, ९ अर्ब ८९ करोड ९६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर