गृहमन्त्रीविरूद्ध सिंहदरबार बाहिर नेविसंघको प्रदर्शन, १५ जना प्रहरीको नियन्त्रणमा (तस्बिरहरु) – Nepal Press

गृहमन्त्रीविरूद्ध सिंहदरबार बाहिर नेविसंघको प्रदर्शन, १५ जना प्रहरीको नियन्त्रणमा (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेसनिकट नेविसंघका १५ जना कार्यकर्ताहरु पक्राउ परेका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेपछि नेविसंघका कार्यकर्ताहरु पक्राउ परेका हुन् ।

उनीहरु सिंहदरबार बाहिरबाट पक्राउ परेका हुन् ।

नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्री लामिछानेको नैतिकता खै? दुलोभित्र पसेको हो?, सहकारी पीडितलाई न्याय खै लगायतका व्यानर बोकेर सिंहदरबारमा प्रदर्शन गरेका थिए ।

सोही क्रममा उनीहरु पक्राउ परेका हुन् । सिंहदरबार वरपर निषेधित क्षेत्र घाेषणा गरिएकाले प्रदर्शन गर्न निषेध गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर