सुन काण्डमा मुछिएपछि नुवाकोटका जिल्ला प्रहरी प्रमुख सन्जयसिंह थापा तानिए – Nepal Press

सुन काण्डमा मुछिएपछि नुवाकोटका जिल्ला प्रहरी प्रमुख सन्जयसिंह थापा तानिए

काठमाडौं । सुन काण्डमा मुछिएपछि नुवाकोटका जिल्ला प्रहरी प्रमुख सन्जयसिंह थापा तानिएका छन् ।

सुनकान्डको अनुसन्धानमा आरोपीलाई उन्मुक्ति दिन खोजेको जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि केन्द्रीय अनुसन्धान ब्यूरोका तत्कालीन एसपी थापा तानिएका हुन् । उनलाई कारबाही गर्न आयोगले सिफारिस गरेको थियो ।

यस्तै केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीमा कार्यरत डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई पनि हेडक्वार्टर तानिएको छ ।

उनीहरुलाई पनि कारबाहीको लागि सिफारिस गरिएको छ । दुवै जना हाल सीआईबीमा कार्यरत थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर