भारतको राजस्थानमा लडाकु जहाज दुर्घटना : पाइलट सकुशल – Nepal Press

भारतको राजस्थानमा लडाकु जहाज दुर्घटना : पाइलट सकुशल

काठमाडौं । भारतमा एक लडाकु जहाज दुर्घटना भएको छ ।

दुर्घटना राजस्थान राज्यको जैसलमेरमा भएको दुर्घटनामा परेको जहाजका चालक सकुशल भएको भारतीय मिडिया एनडीटीभीले उल्लेख गरेको छ ।

तेजास नामक लडाकु जहाज भारतले निर्माण गरेको जहाज हो जुन सन २००१ बाट सञ्चालनमा आएको हो ।

दुर्घटनाको जानकारी भारतीय वायु सेनाले आफ्नो सामाजिक सञ्जालमा साझा गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर