युक्रेनबाट कब्जा गरेका पश्चिमा देशहरुले सहयोग गरेका हतियार प्रदर्शन गर्दै रुस – Nepal Press

युक्रेनबाट कब्जा गरेका पश्चिमा देशहरुले सहयोग गरेका हतियार प्रदर्शन गर्दै रुस

काठमाडौं । रुसले युक्रेनलाई अमेरिका तथा युरोपेली देशहरुले सहयोग गरेका हतियार प्रदर्शन गर्ने भएको छ । युक्रेनबाट कब्जा गरिएका अमेरिकाको अब्राहम ट्यांक लगायतका विभिन्न हतियारहरु रुसले प्रदर्शन गर्न लागेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

सन २०२२ फेबु्रअरीबाट युक्रेनमा हमला गरेर युद्ध सुरु गरेको रुसले युक्रेनलाई अमेरिका तथा युरोपेली देशहरुले ठूलो परिणाममा हातहतियार सहयोग गरेका छन् । युक्रेनलाई दिएका हतियारहरु कब्जा गरेको रुसले त्यसको प्रदर्शन गर्ने भएको हो ।यसलाई रुसले ट्रफि सो नाम दिएको छ ।

अमेरिकी अखबार न्यू योर्क टाइम्सका अनुसार एक अरब रुपैयाँ भन्दा धेरै लागत गर्ने अमेरिकाका अब्राहम ट्यांकलाई रुसले लाख रुपैयाँ भन्दा कम लागका सैन्य ड्रोनबाट हमला गरेर कब्जा गर्दै आएको छ । रुसले अर्ब रुपैयाँ बढिका पाँच अब्राहम ट्यांक कब्जा गरेको न्यू योर्क टाइम्सले उल्लेख गरेको छ ।

रुसले अमेरिका, बेलायत, जर्मनी तथा फ्रान्स आदि देशहरुबाट कब्जा गरिएका सैन्य हतियारहरुलाई उनीहरुको बनोट हेरेर रिभर्स इन्जिनियरिङ गर्दै त्यस्ता हतियारलाई प्रहार गर्ने अरु रुसी हतियार तयार गर्ने बताउँदै आएको छ । रुस तथा अमेरिका एकअर्काका हतियार एकअर्कालाई बिक्रि गर्दैनन् । युक्रेन युद्धले भने एकले बनाएका हतियार अर्कोको पोल्टामा जाने क्रम देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर