युक्रेन भ्रमणको कार्यक्रम तीनपटक ढिलाइ गरेपछि फ्रान्सेली राष्ट्रपतिलाई रुसले भन्यो कायर – Nepal Press

युक्रेन भ्रमणको कार्यक्रम तीनपटक ढिलाइ गरेपछि फ्रान्सेली राष्ट्रपतिलाई रुसले भन्यो कायर

काठमाडौं । तीनपटक युक्रेन भ्रमण तय गरेर भ्रमण ढिलाइ गरेका फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई रुसका पूर्वराष्ट्रपति तथा हालका सुरक्षा परिषदका उपाध्यक्ष दिमित्रि मेदभेदेवले कायर भनेका छन् ।

सोमबार म्याक्रोनको भ्रमण नहुने सार्वजनिक भएपछिको प्रतिकृयामा मेदभेदेवको यस्तो प्रतिकृया आएको हो । युक्रेन भ्रमण गरेर युक्रेनसँग सुरक्षा सम्झौता गर्ने तय गरेका म्याक्रोनले त्यो कार्यक्रम रद्ध गर्दै आएका छन् ।

म्याक्रोन युक्रेन नआएपछि युक्रेनका राष्ट्रपति नै फ्रान्स भ्रमण गरेर सुरक्षा सम्झौता गरेका थिए । पछिल्लो समयमा फ्रान्स र रुसको सम्बन्ध थप चिसिएको छ । यसको कारण युक्रेन युद्ध मात्रै होइन । फ्रान्सको प्रभाव क्षेत्र रहेको पश्चिम अफ्रिकाका देशहरुमा एकपछि अर्को रुस समर्थित सैन्य कूहरु भएपछि फ्रान्स रुससँग बिच्किएको छ । त्यसको प्रतिकृयामा म्याक्रोनले युक्रेनमा नेटो सैनिक लानुपर्ने भन्दै आएका छन् । अरु नेटो देशले अस्विकार गरेको प्रस्तावमा म्याक्रोनको अडान अहिलेसम्म जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर