खेती गर्न पर्याप्त जमिन नभएको माल्दिभ्समा ठाडो खेती सुरु – Nepal Press

खेती गर्न पर्याप्त जमिन नभएको माल्दिभ्समा ठाडो खेती सुरु

काठमाडौं । पर्याप्त जमिन भएको टापु देश माल्दिभ्समा भर्टिकल फार्मिङ अर्थात् ठाडो खेती सुरु भएको छ ।

माल्दिभ्सको मिडिया आउटलेट अटोल टाइम्सका अनुसार माल्दिभ्सका नयाँ राष्ट्रपति महोमद मैजूको कार्यकालको १४ हप्ता पुगेको अवसरमा यस्तो परियोजना सुरु हुन लागेको हो ।

माल्दिभ्सको कृषि मन्त्रालयले बिहीबार एक पत्रकार सम्मेलन आयोजना गरेर ठाडो खेती गर्ने बारेमा जानकारी दिएको हो ।

जानकारी अनुसार देशमा युवाहरूको कृषिमा आकर्षण बढाउन तथा देशको खाद्य सुरक्षाको लागि ठाडो खेती सुरु गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर