फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा प्रकाशित हुने तस्बिरहरूमा मेटाले लेबल लगाउने – Nepal Press

फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा प्रकाशित हुने तस्बिरहरूमा मेटाले लेबल लगाउने

काठमाडौं । सामाजिक सञ्जालको सबैभन्दा ठूलो कम्पनी मेटाले फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा प्रकाशित फोटोहरूमा लेबल लगाउने भएको छ ।

मेटाले आफ्ना प्रडक्ट (फेसबुक, इन्स्टाग्राम र थ्रेडस) मा प्रकाशन हुने तस्बिरहरूमा आफ्नो लेबल अर्थात् वाटरमार्क लाउने भएको हो । मेटाले आफ्नो वेबसाईट मार्फत फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा एआईबाट बनाइएका तस्बिरहरूमा लेबल लगाउने कुरा सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार कम्पनीले वास्तविक र एआईको प्रयोगबाट बनाइएका कन्टेनहरुबिचको भिन्नतालाई छुट्याउनका लागि लेबलिङको प्रयोग गर्न लागेको जनाएको छ । लेबलिङले गर्दा वास्तविक र अवास्तविक कुराहरू प्रयोगकर्ताले आफैँ छुट्याउन सकुन् भन्ने उद्देश्यले यस्तो लेबलिङ ल्याइएको कम्पनीको भनाई छ ।

फोटोहरू मात्रै नभएर भिडियो र अडियोहरुमा प्रयोग हुने एआई टुल्सहरुको भिन्नता पहिचानमा काम गरिरहेको समेत मेटाले उल्लेख गरेको छ । लेबलिङ आगामी महिनाभित्रै सुरु गर्ने मेटाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर