बझाङमा मुचुल्का नभेटिएपछि अवरुद्ध मतगणना पुनः सुरू

२०८१ वैशाख १७ गते ११:२२

कैलाली । बझाङमा रोकिएको मतगणना पुनः सुरु भएको छ । तलकोट गाउँपालिका ४ को मुचुल्का नभेटेपछि केहीबेर गणना अवरुद्ध भएको थियो ।
मुचुल्का भेटिएपछि करिब ३० मिनेटपछि मतगणना सुरू भएको हो । अहिले बझाङमा निकै प्रतिस्पर्धा चलिरहेको छ । एमाले उम्मेदवार दमन भण्डारी ९ मतले कांग्रेस उम्मेदवार अभिषेक सिंहभन्दा अगाडि छन् ।
प्रतिक्रिया