सहकारीको लकरबाट साढे छ लाख रुपैयाँ चोरी – Nepal Press

सहकारीको लकरबाट साढे छ लाख रुपैयाँ चोरी

रुपन्देही । दाङको लमही नगरपालिका वडानम्बर ९ रिहारस्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ४७ हजार ३५ रुपैयाँ चोरी भएको छ । लकरभित्र राखेको पैसा चोरी भएको हो ।

सहकारीबाट उक्त रकम आइतबार राति चोरी भएको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिए । चोरले गोदाम घर फोडेर पनि चेकजाँच गरेको छ ।

प्रहरीअनुसार सबै कोठाका दराज फुटाइएको छ । सहकारीको अन्य कागजपत्र भने सबै सुरक्षित रहेका छन् । प्रहरीले अहिले घटनाको अनुसन्धान थालेको जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर